Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुर्खेतदेखि अमेरिकासम्मको स्मृतिसंग्रह ‘घाटगाउँ’ विमोचन

८ माघ २०८२, बुधबार १६:३४

काठमाडौँ। पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ। सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो ।

काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पूस्तक सार्वजनिक गरेका हुन् ।

सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पूस्तक लेखेका हुन् । भेरी र कर्णाली नदि मिसिएको दोभान घाटगाउँ पर्यटकीय दृष्टिकोणले सुन्दर गाउँ हो ।

पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित घाटगाउँ पूस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिदाका आफ्ना चुनौतिपूर्ण भोगाई समेटेका छन् ।

पूस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पूस्तकालय निर्माणमा खर्च गर्ने पनि उनले बताए । यसका लागि स्कुलमा पनि घाटगाउँ पूस्तक सार्वजनिक गरिएको उनको भनाई छ ।

‘सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यतार्थ सपना र संघर्षको भोगाई इमान्दार रुपमा पूस्तकमा लेखेको छु’ उनले विमोचन कार्यक्रममा संक्षिप्त रुपमा भने, ‘आफ्नो सपनालाई माया गर्ने हरकोहीलाई यो पूस्तकको भोगाई आफ्नो लाग्छ । त्यसैले पूस्तक बिक्रीबाट आएको सबै रकम घाटगाउँकै सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्नेछु ।’

विद्यार्थी र युवाअवस्थामा चिया खाँदै देखेका सपना र त्यसलाई पछ्याउँदै संघर्ष गर्दाको क्षण चियापसलमा भेटिने हरेक युवाको साझा भोगाई रहेको भन्दै उनले चियापसलमै पूस्तक सार्वजनिक गरेको पनि बताए ।

‘एक कप चिया पिउँदै देखेको सपना र संघर्ष अनि सपना पूरा गरेपछि पनि साथीहरुसँग चिया पिउँदाको आनन्द बेग्लै हुन्छ’ उनले भने ‘काठमाडौँका हरेक चियापसलमा देखिने युवाहरुमध्ये म पनि एउटा हुँ । त्यसैले पनि चियापसलमै पूस्तक सार्वजनिक गर्ने जमर्को गरेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्