काठमाडौं। काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्बाचन समन्वय कार्यालय खोलेका छन् ।
आजबाट काठमाडौंको बिशालनगरमा निर्बाचन समन्वय कार्यालय संचालनमा आएको हो।
कार्यालयको शुभारम्भ राप्रपा काठमाडौं -५ का क्षेत्रीय अध्यक्ष नवीन खड्काले गरेका थिए ।
आजै देखि उम्मेदवार थापाले समन्वय कार्यालयबाट चुनाबी अभियानका काम शुरु गरेका छन् । चुनाबी सम्पर्क कार्यालय भने वडा तहसम्मै खुल्ने राप्रपा -५ चुनावी समन्वय कार्यालयले जनाएको छ ।