Trending
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |     कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय     |     इरान–अमेरिका तनाव चर्कियो     |     सुर्खेतदेखि अमेरिकासम्मको स्मृतिसंग्रह ‘घाटगाउँ’ विमोचन     |     भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो     |     राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै     |    
समाचार

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

९ माघ २०८२, बिहीबार १५:३०

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक बसेको छ। आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न बुधबार गृह मन्त्रालयमा बैठक बसको हो।

गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि थिए।

बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरिएको गृह प्रवक्ता आन्नद काफ्लेले बताए।

निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा ब्रिफिङ भएको थियो। साथै सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण गरिएको छ।

त्यस्तै, बैठकमा सबै सुरक्षा निकायले समन्वय गरेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनेबारे छलफल भएको छ। बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरुलाई सक्रिय बनाउने निर्णय गरेको छ।

त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूको प्रचार-प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

निर्वाचनको प्रचार-प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सो को निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णय समेत बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्