Trending
सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |     रोयल च्यालेन्जर्स बेङलुरुलाई आईपीएलको उपाधि     |     संसद बैठक आज बस्दै, बजेटमाथि छलफल हुने     |     भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने निश्चित     |     रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाने     |     लफडाबिच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित भएको घोषणा     |    
समाचार

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

९ माघ २०८२, बिहीबार १५:३०

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक बसेको छ। आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न बुधबार गृह मन्त्रालयमा बैठक बसको हो।

गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि थिए।

बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरिएको गृह प्रवक्ता आन्नद काफ्लेले बताए।

निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा ब्रिफिङ भएको थियो। साथै सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण गरिएको छ।

त्यस्तै, बैठकमा सबै सुरक्षा निकायले समन्वय गरेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनेबारे छलफल भएको छ। बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरुलाई सक्रिय बनाउने निर्णय गरेको छ।

त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूको प्रचार-प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

निर्वाचनको प्रचार-प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सो को निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णय समेत बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्