Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
समाचार

रेशम चौधरीको उम्मेदवारी खारेज

९ माघ २०८२, बिहीबार १८:२३

काठमाडौँ। कैलाली–१ बाट उम्मेदवार रहेका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले उनीविरुद्ध दर्ता भएको उजुरीको छानबिन गरेपछि यो निर्णय गरेको हो।

निर्वाचन अधिकृत देवराज भारतीले आदेशमा उल्लेख गरेअनुसार, जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट माफी दिइएको भए पनि, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) अनुसार माफीले अदालतको फैसला बदर हुँदैन। साथै, निर्वाचन आयोगको मिति २०८०।११।२४ को निर्णय अनुसार रेशम चौधरी राजनीतिक दलको सदस्य बन्न पनि अयोग्य छन्।

चौधरीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको रूपमा मुद्दा दर्ता गरिएको थियो। कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ मा उनलाई दोषी ठहर गरेको थियो।

कैद भुक्तानीका लागि उनी डिल्लीबजार कारागारमा राखिएका थिए। सरकारले १५ वर्ष कैद माफी गर्ने सिफारिस गरेपछि राष्ट्रपतिले आममाफी दिएर उनलाई रिहा गरेका थिए। गणतन्त्र दिवसको अवसरमा, २०८० जेठ १५ गते चौधरी रिहा भएका थिए। उनी संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्