Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रेशम चौधरीको उम्मेदवारी खारेज

९ माघ २०८२, बिहीबार १८:२३

काठमाडौँ। कैलाली–१ बाट उम्मेदवार रहेका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले उनीविरुद्ध दर्ता भएको उजुरीको छानबिन गरेपछि यो निर्णय गरेको हो।

निर्वाचन अधिकृत देवराज भारतीले आदेशमा उल्लेख गरेअनुसार, जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट माफी दिइएको भए पनि, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) अनुसार माफीले अदालतको फैसला बदर हुँदैन। साथै, निर्वाचन आयोगको मिति २०८०।११।२४ को निर्णय अनुसार रेशम चौधरी राजनीतिक दलको सदस्य बन्न पनि अयोग्य छन्।

चौधरीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको रूपमा मुद्दा दर्ता गरिएको थियो। कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ मा उनलाई दोषी ठहर गरेको थियो।

कैद भुक्तानीका लागि उनी डिल्लीबजार कारागारमा राखिएका थिए। सरकारले १५ वर्ष कैद माफी गर्ने सिफारिस गरेपछि राष्ट्रपतिले आममाफी दिएर उनलाई रिहा गरेका थिए। गणतन्त्र दिवसको अवसरमा, २०८० जेठ १५ गते चौधरी रिहा भएका थिए। उनी संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्