Trending
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |    
समाचार

डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

१० माघ २०८२, शुक्रबार १६:५२

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको आग्रहलाई ध्यानमा राख्दै उक्त निर्णयमा पुगेको स्पष्ट पारेका छन्।

उनका अनुसार अब संसदीय राजनीतिभन्दा बाहिर रहेर पनि जनताका आवश्यकता र अपेक्षा अनुसार योगदान जारी राख्ने प्रतिबद्धता कायमै रहनेछ। राजनीतिक जिम्मेवारीको स्वरूप परिवर्तन भए पनि सार्वजनिक सरोकारका विषयमा सक्रिय रहने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्