Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

१० माघ २०८२, शुक्रबार १८:१८

युक्रेन। पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित चार जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् ।

क्रेमलिनको आक्रमणकारी सेनाको मुख्य उद्देश्य रहेको डोनेट्स्क क्षेत्रमा बिहीबार भएको आक्रमणले अन्य पाँच जनालाई घाइते बनाउनुका साथै दुई घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीरूले बताएका छन् ।

मत्यु हुनेमा “एकजना ३२ वर्षीय पुरुष र उनका ५ वर्षीय छोरा र उनीहरूका दुई छिमेकीहरु रहेको अधिकारीहरुले टेलिग्राम मार्फत विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

चेरकास्के गाउँमा भएको आक्रमणमा तीन जना किशोरी र एक ३४ वर्षीया महिला घाइते भएको जनाइएको छ ।

मस्कोले पूर्ण नियन्त्रण नभए पनि सन् २०२२ को अन्त्यमा औद्योगिक क्षेत्रलाई आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।

मस्कोले युक्रेनी सेनाहरूले लगभग चार वर्ष अघि सुरु गरिएको पूर्ण आक्रमण अन्त्य गर्न कुनै पनि शान्ति सम्झौताको भागको रूपमा डोनेट्स्क छोड्नुपर्ने माग गरि रहेको छ ।

क्रेमलिन समर्थकको पछाडि आफ्नो सैन्य र राजनीतिक प्रभाव देखाए पछि रूसले यस क्षेत्रका केही भागहरू र छिमेकी लुगान्स्कमाथि नियन्त्रण राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्