काठमाडौं। आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । फेरिल्यान्डले जुनियर ब्वाइजमा १ र जुनियर गल्र्समा २ खेल जित्यो ।
जुनियर ब्वाइजमा फेरिल्यान्डले बीएमसीएलाई २१–१६ ले पराजित ग¥यो । विजयी टिमका लागि राहुल मग्रातीले ११ स्कोर गरे ।
जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ ले सेन्ट जोसेफलाई ४४–३४ तथा फेरिल्यान्ड ‘बी’ ले हिमशिलालाई १६–१२ ले हराए । फेरिल्यान्ड ‘ए’ की करुणा बोगटीले १५ तथा फेरिल्यान्ड ‘बी’ की इन्नाग्मा राईले ६ अंक जोडे ।
कपनमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा ज्ञानभूमिले गोल्डेनपिकलाई १५–१०, एन्जल्स हार्टले ज्ञान संस्कारलाई २७–१८ र जेबी स्कुलले ग्रिनल्यान्डलाई २३–१७ ले पाखा लगाए । ज्ञानभूमिका कुशल रेग्मीले ५, एन्जल्स हार्टका सौरव श्रेष्ठले १० र जेबीका भीमराज रोकायाले ६ अंक बटुले ।
जुनियर गल्र्समा न्युटनले मन्जरीलाई १७–१२ तथा क्यान्भास बसन्त ऋतुले जेबीलाई २०–१८ ले पन्छाए । न्युटनकी सहारा राईले ६ तथा क्यान्भासकी रितिका चौधरीले ८ अंक जोडे ।
प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता समेत रहेका वडा १० का अध्यक्ष नवराज भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल माघ १६ गते हुनेछ ।