Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

आयोजक फेरिल्यान्डको सफल सुरुआत

१२ माघ २०८२, आईतवार १७:२९

काठमाडौं। आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । फेरिल्यान्डले जुनियर ब्वाइजमा १ र जुनियर गल्र्समा २ खेल जित्यो ।

जुनियर ब्वाइजमा फेरिल्यान्डले बीएमसीएलाई २१–१६ ले पराजित ग¥यो । विजयी टिमका लागि राहुल मग्रातीले ११ स्कोर गरे ।

जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ ले सेन्ट जोसेफलाई ४४–३४ तथा फेरिल्यान्ड ‘बी’ ले हिमशिलालाई १६–१२ ले हराए । फेरिल्यान्ड ‘ए’ की करुणा बोगटीले १५ तथा फेरिल्यान्ड ‘बी’ की इन्नाग्मा राईले ६ अंक जोडे ।

कपनमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा ज्ञानभूमिले गोल्डेनपिकलाई १५–१०, एन्जल्स हार्टले ज्ञान संस्कारलाई २७–१८ र जेबी स्कुलले ग्रिनल्यान्डलाई २३–१७ ले पाखा लगाए । ज्ञानभूमिका कुशल रेग्मीले ५, एन्जल्स हार्टका सौरव श्रेष्ठले १० र जेबीका भीमराज रोकायाले ६ अंक बटुले ।

जुनियर गल्र्समा न्युटनले मन्जरीलाई १७–१२ तथा क्यान्भास बसन्त ऋतुले जेबीलाई २०–१८ ले पन्छाए । न्युटनकी सहारा राईले ६ तथा क्यान्भासकी रितिका चौधरीले ८ अंक जोडे ।

प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता समेत रहेका वडा १० का अध्यक्ष नवराज भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल माघ १६ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्