Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित

१३ माघ २०८२, सोमबार ०८:१९

काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा एस्टेभाव, जोआओ पेड्रो र इन्जो फेर्नांडेजले एक एक गोल गरेका थिए ।

त्यस्तै क्रिस्टल प्यालेसले क्रिस रिचार्ड्सले एक गोल गरेका थिए । त्यस्तै खेलको ७३ मिनेटमा एडम वार्टनले रातो कार्ड पाएपछि क्रिस्टल प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि चेल्सीको २३ खेलमा ३७ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी क्रिस्टल प्यालेसको २३ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्