Trending
सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |     रोयल च्यालेन्जर्स बेङलुरुलाई आईपीएलको उपाधि     |     संसद बैठक आज बस्दै, बजेटमाथि छलफल हुने     |     भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने निश्चित     |     रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाने     |     लफडाबिच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित भएको घोषणा     |    
खेलकुद

महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल

१३ माघ २०८२, सोमबार ०८:२३

काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।

अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ । तर जितले मात्र पनि पर्याप्त हुँदैन । नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्याण्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ ।

नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान २ जित अनि ४ अंक हुन्छ ।

यस्तोमा स्कटल्यान्डको बलियो नेटरनरेटमा भएकाले नेपालले ठूलो जीत निकाल्नुपर्ने छ । यदि नेपाल स्कटल्यान्डसँग पराजित भएम स्वतः बाहिरिनेछ भने थाइल्याण्ड र स्कटल्यान्ड दुवै छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै छनोट भइसकेको छ ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई हरायो । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्