Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित

१३ माघ २०८२, सोमबार ०८:२७

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ।

आइतबार राति भएको रोमाञ्चक भिडन्तमा युनाइटेडले लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई ३–२ गोल अन्तरले स्तब्ध बनाउँदै महत्वपूर्ण तीन अङ्क बटुलेको हो।

खेलको २९औँ मिनेटमा आर्सनलका डिफेन्डर लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलबाट युनाइटेडले भाग्यशाली अग्रता पाएको थियो।

३७औँ मिनेटमा आर्सनलका ब्रायन एम्बुएमोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। ५०औँ मिनेटमा प्याट्रिक डोर्गुले गोल गर्दै युनाइटेडलाई पुनः २–१ को अग्रता दिलाए।

खेलको अन्त्यतिर ८४औँ मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि आर्सनल खेलमा फर्कने संकेत देखिएपनि खेल बराबरी तर्फ जाँदै गर्दा ८७औँ मिनेटमा म्याथियस कुन्हाले उत्कृष्ट गोल गर्दै युनाइटेडको रोमाञ्चक जित सुनिश्चित गरे।

यो जितसँगै म्यानचेस्टर युनाइटेड ३८ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजय बेहोरे पनि आर्सनल भने ५० अंकसहित तालिकाको शीर्ष स्थानमै कायम रहेको छ ।

अन्तिम समयसम्म प्रतिस्पर्धात्मक बनेको यस खेलमा युनाइटेडको रणनीतिक प्रदर्शन र कुन्हाको निर्णायक गोल मुख्य आकर्षण बन्यो।

प्रतिक्रिया दिनुहोस्