Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रेशम चौधरी उम्मेदवार बन्न नपाउने

१६ माघ २०८२, बिहीबार १६:२५

काठमाडौँ। सर्वोच्च अदालतले रेशम चौधरीको उम्मेदवारीको विषयमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

न्यायाधीशहरु बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यस अघि दिएको आदेश अनुसारकै काम सक्न बिहिबार अर्को आदेश दिएको छ ।

सर्वोच्चले यस अघि निर्वाचन आयोगलाई १५ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश गरेको थियो। सर्वोच्चबाट भएको फैसला, अन्य अदालतमा चौधरीसँग सम्बन्धित विचाराधीन निवेदनलाई अध्ययन गर्नुपर्ने ११ माघको आदेशमा उल्लेख गरेको थियो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कैलाली-१ मा प्रत्यक्षतर्फ चौधरीले उम्मेदवारी दर्ता गरेका थिए। कैलालीको टीकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय ठहरिएका चौधरीको निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

उम्मेदवारी खारेज भएपछि उनी आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्