Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता

१७ माघ २०८२, शुक्रबार २०:२०

बेइजिङ। बेलायतका प्रधानमन्त्री किर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन् । भ्रमण दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा फलदायी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार बताएका छन् ।

प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भने, ‘बेलायती प्रधानमन्त्रीको यो आठ वर्षमा पहिलो चीन भ्रमण हो र प्रधानमन्त्री स्टार्मर सन् २०२६ मा चीनले प्राप्त गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यको प्रथम नेता पनि हुन् ।’

‘चीन बेलायतसँग दुई देशका नेताहरूबीच भएको महत्त्वपूर्ण सहमति कार्यान्वयन गर्न र संयुक्त रूपमा दीर्घकालीन निरन्तर व्यापक रणनीतिक साझेदारी विकास गर्न तयार छ,’ प्रवक्ताले भने ।

यसैबीच उइगुर अल्पसंख्यक समूहविरुद्ध मानवअधिकार उल्लंघनको आलोचना गरेको भन्दै बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको प्रधानमन्त्री स्टार्मरले बताएका फ्रान्सको समाचार समिति एएफपीले जनाएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्