Trending
आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |     साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा     |     रेशम चौधरी उम्मेदवार बन्न नपाउने     |     एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |    
समाचार

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

१७ माघ २०८२, शुक्रबार २०:२९

काठमाडाैँ। जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ । सन् २०२५ मा आत्महत्याका घटना लगातार दोस्रो वर्ष उच्च सङ्ख्यामा भएको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ ।

सन् २०२५ मा उच्च माध्यमिक विद्यालयका ३५२ विद्यार्थीले आत्महत्या गरेका थिए भने निम्न माध्यमिक विद्यालयका १७० जना र प्राथमिक विद्यालयका १० विद्यार्थीहरूले आत्महत्या गरेका थिए।

रिपोर्टका अनुसार १९ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूमा आत्महत्याको लागि स्कूलसँग सम्बन्धित मुद्दाहरू सबैभन्दा सामान्य कारक थिए भने स्वास्थ्य र पारिवारिक समस्याहरू थिए ।

आत्महत्या गर्ने केटीको सङ्ख्या २७७ भएको पाइएको छ । यो एक वर्ष अघिको तुलनामा १३ जना कम हो । गत हप्ता आत्महत्या गर्ने विद्यार्थीमा २५५ जना केटा थिए भने योृ अघिल्लो बर्षको तुलनामा १६ जनाले कमी हो ।

जापानमा सन् २०२२ यता बालबालिकामा आत्महत्या गर्ने दर वार्षिक ५०० भन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ। (रासस/एएफपी)

 

प्रतिक्रिया दिनुहोस्