Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

१७ माघ २०८२, शुक्रबार २०:२९

काठमाडाैँ। जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ । सन् २०२५ मा आत्महत्याका घटना लगातार दोस्रो वर्ष उच्च सङ्ख्यामा भएको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ ।

सन् २०२५ मा उच्च माध्यमिक विद्यालयका ३५२ विद्यार्थीले आत्महत्या गरेका थिए भने निम्न माध्यमिक विद्यालयका १७० जना र प्राथमिक विद्यालयका १० विद्यार्थीहरूले आत्महत्या गरेका थिए।

रिपोर्टका अनुसार १९ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूमा आत्महत्याको लागि स्कूलसँग सम्बन्धित मुद्दाहरू सबैभन्दा सामान्य कारक थिए भने स्वास्थ्य र पारिवारिक समस्याहरू थिए ।

आत्महत्या गर्ने केटीको सङ्ख्या २७७ भएको पाइएको छ । यो एक वर्ष अघिको तुलनामा १३ जना कम हो । गत हप्ता आत्महत्या गर्ने विद्यार्थीमा २५५ जना केटा थिए भने योृ अघिल्लो बर्षको तुलनामा १६ जनाले कमी हो ।

जापानमा सन् २०२२ यता बालबालिकामा आत्महत्या गर्ने दर वार्षिक ५०० भन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ। (रासस/एएफपी)

 

प्रतिक्रिया दिनुहोस्