Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
समाचार

चलचित्र पत्रकार सिटौलाको निधन

१९ माघ २०८२, आईतवार १६:१६

काठमाडौँ। चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । उनको धापासीस्थित ग्राण्डी अस्पतालमा आज निधन भएको हो ।

अस्पतालले आज पत्रकार सम्मेलन गरेर ४५ वर्षीय सिटौलाको निधन भएको जानकारी दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँगै अछाम जानुभएका सिटौला बेहोस भएपछि उपचारका लागि शुक्रबार उक्त अस्पताल भर्ना भएका थिए।

पत्रकार सिटौलाको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेरमा कपनस्थित चलचित्र विकास बोर्डमा राखिने चलचित्र पत्रकार सङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्