Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन् : अस्ट्रेलियाली अध्ययन

२३ माघ २०८२, बिहीबार २०:३१

काठमाडाैँ। सामान्यतया ठूला दाजुभाइ र दिदीबहिनीको तुलनामा उनीहरूका साना भाइबहिनीहरूले स्क्रिनमा बढी समय बिताउने र शैक्षिक गतिविधिहरूमा कम समय बिताउने अस्ट्रेलियामा गरिएको एक नयाँ अनुसन्धानले देखाएको छ।

‘मोनास बिजनेस स्कूलको सेन्टर फर हेल्थ इकोनोमिक्स’ले अस्ट्रेलियामा गरेको एक अध्ययनका अनुसार पहिलो जन्मेका सन्तानको तुलनामा दोस्रो र तेस्रो जन्मेका बालबालिकाले प्रतिदिन क्रमशः नौ मिनेट र १४ मिनेट बढी स्क्रिनमा समय बिताउँछन् ।

“यो झट्ट सुन्दा सामान्य देखिए पनि पहिलो जन्मेका बच्चाको औसत दैनिक स्क्रिन समयको तुलनामा यो सात देखि १० प्रतिशतले बढी रहनेगरेको पाइएको छ।,” अनुसन्धानकर्ता दानुष जयवर्धनले भने।

“एक हप्तामा उनीहरूले लगभग एक र १.५ अतिरिक्त घण्टा बढी स्क्रिन प्रयोग गर्दछन्,” उनले भने । “यो अतिरिक्त स्क्रिन समय अन्य गतिविधिहरूको लागतमा पनि आउँछ । विशेषगरी, पछि जन्मेका बच्चाहरूले समृद्ध गतिविधिहरूमा प्रतिदिन ११ देखि १८ मिनेट कम खर्च गर्छन् भने यो ठूला दाजुभाई र दिदीबहिनीहरूको तुलनामा ११–२० प्रतिशत कम हुन्छ,” जयवर्धनले भने। उनले समृद्ध गतिविधिहरू भनी पढ्ने, गृहकार्य गर्ने, बोर्ड गेम खेल्ने वा सङ्गीत वाद्ययन्त्र सिक्ने कुरालाई समावेश गरेका छन् ।

अध्ययनले दुई देखि १५ वर्ष उमेरका लगभग पाँच हजार ५०० अष्ट्रेलियाली बच्चाहरूको सर्वेक्षण तथ्याङुकलाई आधार बनाएर गरेको अध्ययनमा बच्चाहरूले उठ्नेदेखि सुत्ने समयसम्म आफ्नो समय कसरी बिताउँछन् भन्ने खोजी गरिएको थियो । अध्ययनमा गतिविधिहरू आमाबाबुसँग वा एक्लै गरिएका थिए कि थिएनन् भनेर पनि हेरिएको थियो ।

अध्ययनको निष्कर्षहरूले आमाबाबुको समय र ध्यान परिवार बढ्दै जाँदा बच्चाहरूको विकासलाई बढावा दिन घट्छ, र पछि जन्मेका बच्चाहरूले अधिक उदार अभिभावकत्वको अनुभव गर्छन् भन्ने देखाएको छ। उनीहरू (बछि जन्मेका सन्तति) लाई स्क्रिन प्रयोगको वरिपरि रहन बढी स्वतन्त्रता दिने गरिएको पाइएको अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूले आमाबाबुलाई साना भाइबहिनीहरूसँग गुणस्तरीय समय बिताउन, सक्रिय रूपमा संवर्धन गतिविधिहरूलाई प्रोत्साहित गर्न र स्वस्थ विकासलाई समर्थन गर्न बच्चाहरूमा ‘स्क्रिन’ समयको वरिपरि लगातार नियमहरू कायम गर्न सुझाव दिएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्