Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

२४ माघ २०८२, शुक्रबार ११:२१

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, एक तोला चाँदीको मूल्य चार हजार ७१० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ९८० रुपैयाँ थियो। बुधबार एक तोला छापावाल सुन तीन लाख चार हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी मङ्गलबार सुन दुई लाख ९० हजार ३०० रुपैयाँ र चाँदी पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्