Trending
चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ अब ‘डिशहोम गो’मा     |     आरसिबीलाई डब्ल्युपिएलको उपाधि     |     यू-१९ विश्वकप फाइनलमा वैभवको विष्फोटक रुप– ८० बलमा हाने १७५ रन     |     ओबामालाई बाँदरका रूपमा चित्रण गरेको भिडियो पोस्ट     |     सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?     |     बैतडी बस दुर्घटना अपडेटः आठ जनाको मृत्यु, ४५ जना घाइते     |     कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि     |     दोस्रो अभ्यास खेलमा नेपाल विजयी     |     पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन् : अस्ट्रेलियाली अध्ययन     |     साफ महिला च्याम्पियनसिप: बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो     |    
समाचार

ओबामालाई बाँदरका रूपमा चित्रण गरेको भिडियो पोस्ट

२४ माघ २०८२, शुक्रबार १७:२८

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट गरेका छन् । भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरका रूपमा चित्रण गरिएको छ । उक्त भिडियो सार्वजनिक भएपछि प्रमुख डेमोक्रेट नेताहरूले कडा निन्दा गरेका छन् ।

राष्ट्रपति ट्रम्पको स्वामित्वमा रहेको ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको करिब एक मिनेट लामो भिडियोको अन्त्यतिर पूर्वराष्ट्रपति ओबामालाई बाँदरको शरीरमा झण्डै एक सेकेन्डका लागि अनुहारसहित देखाइएको छ । ओबामाहरू देखिने दृश्यमा पृष्ठभूमिमा ‘द लायन स्लीप्स टुनाइट’ गीत बजिरहेको सुनिन्छ ।

उक्त भिडियोमा मतपत्र गणना गर्ने कम्पनी डोमिनियन भोटिङ सिस्टमले सन् २०२० को राष्ट्रपति निर्वाचन ट्रम्पबाट चोर्न सहयोग गरेको भन्ने झुटो आरोपलाई पुनः दोहोर्‍याइएको छ ।

शुक्रबार बिहानसम्म राष्ट्रपतिको सामाजिक सञ्जाल प्लेटफर्ममा उक्त भिडियो हजारौँ पटक लाइक गरिएको देखिएको थियो ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको कार्यालयले उक्त पोस्टको आलोचना गरेको छ । न्युसम सन् २०२८ को एक सम्भावित डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार हुनुहुन्छ र राष्ट्रपति ट्रम्पका प्रमुख आलोचकहरूमध्ये एक मानिन्छन् ।

“राष्ट्रपतिको घृणित व्यवहार । प्रत्येक रिपब्लिकनले यसको निन्दा गर्नुपर्छ”, न्युसमको प्रेस अफिसको आधिकारिक एक्स खातामा पोस्ट गरिएको छ । पूर्व शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार तथा बाराक ओबामाका निकट विश्वासपात्र बेन रोड्सले पनि उक्त तस्बिरको आलोचना गरेका छन् ।

“यो ट्रम्प र उहाँका जातिवादी अनुयायीहरूलाई सताउन दिनुहोस् कि भावी अमेरिकीहरूले ओबामालाई हाम्रो इतिहासमा दागका रूपमा होइन, प्रिय व्यक्तित्वका रूपमा अध्ययन र अँगाल्नेछन्”, उनले एक्समा लेखेका छन् ।

बाराक ओबामा अमेरिकी इतिहासका एक मात्र अश्वेत राष्ट्रपति हुन् । उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई समर्थन गरेका थिए ।

ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमा राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल तथा अन्य प्लेटफर्महरूमा अति–यथार्थवादी तर बनावटी दृश्यहरूको प्रयोगलाई निरन्तर बढावा दिएका छन् । ती पोस्टहरूमा प्रायः आफ्ना आलोचकहरूको निन्दा गर्दै आफूलाई महिमामण्डित गरिएको देखिन्छ ।

उनले आफ्ना रूढिवादी समर्थकहरूलाई एकताबद्ध र सक्रिय बनाउन उत्तेजक पोस्टहरू प्रयोग गर्दै आएका छन्।

गत वर्ष राष्ट्रपति ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बनाइएको एउटा भिडियो पोस्ट गरेको थियो, जसमा बाराक ओबामालाई ओभल अफिसमा गिरफ्तार गरिएको र सुन्तला रङको जम्पसुट लगाएर जेलमा देखाइएको थियो ।

त्यसपछि उहाँले सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजलाई नक्कली जुँगा र सोमब्रेरो लगाइएको एआई क्लिप पनि पोस्ट गर्नुभएको थियो । जेफ्रीजले उक्त छविलाई खुला जातिवादी व्यवहारको संज्ञा दिएको थियो ।

ह्वाइट हाउसमा फर्किएपछि राष्ट्रपति ट्रम्पले विविधता, समानता र समावेशीकरण, अर्थात् डिइआई कार्यक्रमहरूविरुद्ध अभियान चलाएको भन्दै विरोधीहरूको आलोचना खेपेको छ । राष्ट्रपति ट्रम्पका प्रारम्भिक निर्णयहरूमध्ये एक सङ्घीय सरकारका सबै डिइआई कार्यक्रमहरू, सेनासम्बन्धी नीतिहरू समेत, समाप्त गर्नु रहेको थियो ।

उनले ‘अवेक’ पहलका रूपमा उपहास गरेको सशस्त्र फौजलाई मुक्त गर्ने अभियानअन्तर्गत अमेरिकाको भेदभावपूर्ण इतिहास समेट्ने थुप्रै पुस्तकहरू केही सैन्य एकेडेमीका पुस्तकालयका सेल्फबाट हटाइएको छ ।

अमेरिकाका सङ्घीय भेदभावविरोधी कार्यक्रमहरू सन् १९६० को दशकको नागरिक अधिकार आन्दोलनबाट जन्मिएका थिए । ती आन्दोलनहरू मुख्यतः अश्वेत अमेरिकीहरूको नेतृत्वमा सयौँ वर्षको दासत्वपछि समानता र न्यायका लागि सञ्चालन गरिएका थिए । सन् १८६५ मा दासत्व उन्मूलन भए पनि त्यसपछि अन्य संस्थागत स्वरूपका जातिवाद लागू भएको इतिहास रहेको देखिन्छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्