Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

सहकारीको समस्या हेर्नुभन्दा सरकार मलाई फसाउन लागिपरेको छ -रवि लामिछाने

१८ आश्विन २०८१, शुक्रबार ०८:५८

१८ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्य सहकारीको समस्या समाधान गर्न भन्दा आफूलाई फसाउन लागिपरेकाे आरोप लगाएका छन् ।

सांसदका रूपमा तेस्रो सार्वजनिक सुनवाइ  गर्न चितवनको इच्छाकामना गाउँपालिका मुग्लिन पुगेका बेला सभापति लामिछानेले यस्तो बताएका हुन्।

सहकारीको पैसा ल्याउने कुरामा आफ्नो संलग्नता नरहेको चितवन पुगेर पनि सभापति लामिछानेले दाबी गरे। ‘तर, आएको पैसामा सञ्चालक समेत रहेकाले जिम्मेवारी लिनुपर्छ भनेको छ। कार्यकारी अध्यक्षले सञ्चालक समितिलाई जानकारी नै नदिई व्यक्तिगत रुपमा निर्ब्याजी ऋण ल्याउँदा ‘तँलाई किन थाहा भएन’ भन्छन्। थाहा भएन त म के गरौं ?,’ उनले भने, ‘त्यतिखेर कोही एक जनाको मात्रै गुनासो आएको भए, गोरखा मिडियामा गैरकानूनी रूपमा सहकारीको पैसा भित्रिएको छ भन्ने जानकारी पाएको भए, त्यतिबेलै खोज्थे नि। तर, राजनीतिमा आएपछि थाहा पाएँ।’

उनले आफूलाई सहकारी ठगी प्रकरणमा फसाउन सकिन्छ कि भनेर केही शक्ति लागेको आरोप लारोप लगाए । उनले आफुहरु सरकारमा हुँदा नै सहकारीको समस्या समाधान गर्नेगरि काम गरेको दाबी गरे । उनले सहकारी पीडितहरुलाई पैसा फिर्ता गराउन गम्भीर भएर लागिपर्ने वचन दिए ।

प्रतिक्रिया दिनुहोस्