Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

सहकारीको समस्या हेर्नुभन्दा सरकार मलाई फसाउन लागिपरेको छ -रवि लामिछाने

१८ आश्विन २०८१, शुक्रबार ०८:५८

१८ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्य सहकारीको समस्या समाधान गर्न भन्दा आफूलाई फसाउन लागिपरेकाे आरोप लगाएका छन् ।

सांसदका रूपमा तेस्रो सार्वजनिक सुनवाइ  गर्न चितवनको इच्छाकामना गाउँपालिका मुग्लिन पुगेका बेला सभापति लामिछानेले यस्तो बताएका हुन्।

सहकारीको पैसा ल्याउने कुरामा आफ्नो संलग्नता नरहेको चितवन पुगेर पनि सभापति लामिछानेले दाबी गरे। ‘तर, आएको पैसामा सञ्चालक समेत रहेकाले जिम्मेवारी लिनुपर्छ भनेको छ। कार्यकारी अध्यक्षले सञ्चालक समितिलाई जानकारी नै नदिई व्यक्तिगत रुपमा निर्ब्याजी ऋण ल्याउँदा ‘तँलाई किन थाहा भएन’ भन्छन्। थाहा भएन त म के गरौं ?,’ उनले भने, ‘त्यतिखेर कोही एक जनाको मात्रै गुनासो आएको भए, गोरखा मिडियामा गैरकानूनी रूपमा सहकारीको पैसा भित्रिएको छ भन्ने जानकारी पाएको भए, त्यतिबेलै खोज्थे नि। तर, राजनीतिमा आएपछि थाहा पाएँ।’

उनले आफूलाई सहकारी ठगी प्रकरणमा फसाउन सकिन्छ कि भनेर केही शक्ति लागेको आरोप लारोप लगाए । उनले आफुहरु सरकारमा हुँदा नै सहकारीको समस्या समाधान गर्नेगरि काम गरेको दाबी गरे । उनले सहकारी पीडितहरुलाई पैसा फिर्ता गराउन गम्भीर भएर लागिपर्ने वचन दिए ।

प्रतिक्रिया दिनुहोस्