Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन

२४ माघ २०८२, शुक्रबार २१:२७

बेल्जियम। युरोपियन यूनियन (इयू)ले समाजिक सञ्जाल टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरूअन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन निर्देशन दिएको छ ।

दुई वर्षअघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा इयूले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ।

लत लाग्ने खालका अत्यधिक सामग्री प्रयोगका लागि सार्वजनिक गर्ने, स्वचालित रूपमा प्रशारण हुने, प्रचारात्मक सूचना र अत्यधिक व्यक्तिगत सिफारिस प्रणालीजस्ता सुविधाहरूले चिन्ता निम्त्याएको उल्लेख गर्दै इयूका प्रवक्ता थोमस रेग्नियरले टिकटकको लत लाग्ने डिजाइन डिजिटल सेवा ऐनको उल्लङ्घन भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यी सुविधाहरूले विशेषगरी हाम्रा बच्चाहरूको लागि अनुप्रयोगको बाध्यकारी प्रयोगलाई निम्त्याउँछ र यसले उनीहरूको मानसिक स्वास्थ्य र कल्याणको लागि ठूलो जोखिम निम्त्याउँछ ।’

उनले टिकटकले अपनाएका उपायहरू पर्याप्त नभएको बताएका छन् । टिकटकका प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, ‘टिकटकले इयूको निष्कर्षलाई अस्वीकार गरेको छ र यसले हाम्रो प्लेटफर्मको बारेमा स्पष्ट रूपमा गलत र पूर्ण रूपमा गुणस्तरहीन चित्रण प्रस्तुत गर्दछ।'(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्