Trending
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |     मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम     |     नेयमारको प्रतीक्षा लम्बियो, हाईटीविरुद्ध नखेल्ने     |     कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा     |    
समाचार

विपद र चाडसँगै आएकाले हवाई चाप बढ्यो: मन्त्री पाण्डे

१८ आश्विन २०८१, शुक्रबार ०९:११

१८ असोज, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने- विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं । मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए ।

उनले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको  बताउँदै ऐन नीतिहरु बनाएर सुदृढिकरण गर्ने उद्घोष गरे । मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ,संस्थाहरुले सत्य,तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले नेपालको हवाइ आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरेका छन् ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देशबाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरुलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि संवद्ध पक्षलाई ध्यानाकर्षण गराए।

उनले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताए। उनले यात्रुहरुलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वास समेत व्यक्त गरे। विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका संकेतहरु देखिनुपर्ने मन्त्री पाण्डेको भनाई थियो।

‘पर्यटक भनेको एउटा शक्तिशाली सन्देशवाहक हो। त्यसैले हामीले त्यो कुरा एयरपोर्टमा सुधार्दै गएको छौ । तर, थप सुधार गर्नुपर्नेछ। र, यो विषय परिस्थितिमा यात्रुहरुलाई सेवा दिने कुरामा तत्परता देखाउनु हुनेछ भन्ने ठान्दछु। एउटा महत्त्वपूर्ण तर्क र तपाईंहरुको मर्का पनि लाग्यो मलाई कि प्लेन एकातिरको मात्रै प्यासेन्जर बोकेर गयो, तर खाली फर्किनु परेपछि उसको मर्का त बाहिर सुनिएको छ।

प्रतिक्रिया दिनुहोस्