Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो

१ फाल्गुन २०८२, शुक्रबार २०:५७

काठमाडौं। आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा संयुक्त अरब एमिरेट्सत (यूएई) ले क्यानाडा लाई ५ विकेटले पराजित गरेको छ।

यूएई ले १५१ रनको लक्ष्य दुई बल अगाडि नै पूरा गरेको हो । क्यानाडाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमाा १५० रन बनायो। हर्ष थाकर ले अर्धशतकसहित सबैभन्दा बढी रन बनाए।

जवाफमा यूएईले लक्ष्य पछ्याउँदा शुरूमै विकेट गुमाए पनि आर्यनश शर्मा ले ७४ रन र सोहैब खान ले ५१ रन बनाएर महत्वपूर्ण साझेदारी गरे। यी दुईको ८४ रनको साझेदारीले यूएईलाई जिततर्फ धकेल्यो।

यूएईका लागि जुनैद सिद्दीकले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ३५ रन दिएर ५ विकेट झारे । जसले क्यानाडाको शीर्ष ब्याटिङलाई दबाबमा पारेको थियो।

उक्त जीतसँगै यूएईले आफ्नो समूह चरणको प्रदर्शनलाई मजबुत बनाएको छ । अर्कातिर क्यानाडाका लागि यो निराशाजनक परिणाम रह्यो।

प्रतिक्रिया दिनुहोस्