Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

केनिशलाई स्वर्ण

७ फाल्गुन २०८२, बिहीबार २१:१६

काठमाडौं। नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् ।

नेपाल तेक्वान्दो संघको आयोजनामा सोमबारदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत जुनियर तथा क्याडेटको पुरुष ४५ केजीमुनिको तौल समूहमा केनिशले फाइनलमा नेपालकै आवश्यक विष्टलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सो तौल समूहमा नेपालकै सुशन थापा र आदित्य खड्काले कांस्य पदकमा चित्त बुझाए ।

यसैगरी पुरुष ३७ केजीमुनिको तौल समूहमा नेपालका प्राजोल पौडेलले फाइनलमा नेपालकै विवश खड्कालाई पराजित गरी स्वर्ण पदक जित्न सफल भए ।

यस तौल समूहमानेपालका अमिर शाक्य र नितेश देउलाले कांस्य पदक हासिल गरे । पुरुष ४१ केजी मुनी भारतका अयान अली काजीले फाइनलमा नेपालको सुजन नेपालीलाईपराजित गर्दै स्वर्ण पदक जिते । भारतका अमाव कम्बोज र नेपालका सुभम अधिकारीले कांस्य पदक
हासिल गरे ।

यसैगरी महिला ३७ केजीमुनीको तौल समूहमा भारतका सुरेश सोनवणे समीक्षाले फाइनलमा नेपालका जोवियाना तामाबलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे भने सो तौल समुहमा नेपालका प्रतिभा खड्का र नेपालकै अमृता लामाले कांस्य पदकमा चित्त बुझाए ।

यसैगरी क्याडेट महिला ४१ केजीमुनी भारतकी वैष्णवी यादवले फाइनलमा भारतकै नभा शशिकान्तलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरिन् भने नेपालका अन्वेषा घिमिरे र रितिका ठाकुरीले कांस्य पदक हात पारे ।

क्याडेट पुरुष ४९ केजी तौलमुनी नेपालका आयुष बलामीले भारतका रिशान फरहादलाई पराजित गरी स्वर्ण पदक जित्दा नेपालकै रोज विक र सक्षम घलेले कांस्य पदक हात पारे ।

क्याडेट महिला ३३ केजीमुनीको तौल समुहमा नेपालकी सुप्रिया जोशीले फाइनलमा नेपालकै प्रसंशा विकलाई पराजित गरी स्वर्ण पदक हात पारिन् भने नेपालकै हृदयणी बस्नेत र मनालिसा धामीले कांस्य पदक जिते ।

यसैगरी ४४ केजी मुनी नेपालकै सिभानी खत्रीले पहिलो स्थान हात पारिन् । उनले फाइनलमा भारतकी सागमा लेभानालाई पराजित गरिन् । नेपालका सायन सुनुवार र एन्चेन लामाले कांस्य पदक पाए । प्रतियोगितामा नेपालसहित २३ राष्ट्र सहभागी छन् । जसमा एक हजार दुई सय खेलाडी सहभागी भएका छन् ।

प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजक नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्