Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दाङमा एमालेको झण्डा जलाउने रास्वपालाई सार्वजनिक रुपमा माफी माग्न युवा संघको माग, नत्र देशव्यापी रुपमा प्रतिवादमा उत्रिने चेतावनी (विज्ञप्तिसहित)

८ फाल्गुन २०८२, शुक्रबार १४:४८

काठमाडौं। नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले एमालेको राष्ट्रिय झण्डामाथि प्रहार गर्ने गतिविधिको निन्दा गरेको छ । यस्ता गतिविधि असह्य भन्दै युवा संघले त्यसको डटेर प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

आज (शुक्रबार) युवा संघका अध्यक्ष माहाराजा गुरूङले आज एक विज्ञप्ति जारी गर्दै हिजो दाङमा घटनाईएको उच्छृंखल गतिविधिप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘सम्बन्धित पक्ष रास्वपालाई यथाशीघ्र सार्वजनिक रुपमा माफी माग्न, यस्ता गतिविधि तत्काल रोक्न र आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न स्पष्ट आग्रह गर्दछौं । अन्यथा, यस्ता गतिविधि दोहोरिए वा नियोजित रुपमा जारी राखिए भने राष्ट्रिय युवा संघ नेपाल देशव्यापी रुपमा सशक्त प्रतिवादमा उत्रिन बाध्य हुनेछ । संघ यस विज्ञप्तिमार्फत देशभरका मातहत कमिटीहरुलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन गर्दछ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताको बलिदानी संघर्षबाट प्राप्त उपलब्धिमाथि आँच आउने कुनै पनि प्रयासलाई कडा दिईनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्