Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा

८ फाल्गुन २०८२, शुक्रबार १४:५२

हेलसिन्की। स्विडेनले युक्रेनका लागि आफ्नो सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । जसको मूल्य लगभग एक अर्ब ४० करोड अमेरिकी डलर रहेको जनाइएको छ । यसमा हवाई रक्षा, गोला बारुदक साथै कोषको ठूलो हिस्सा रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्विडेनले मोड्युलर क्षमताले बन्दुक र मिसाइल प्रणाली, इन्टरसेप्टर, सेन्सर, इलेक्ट्रोनिक युद्ध कम्पोनेन्ट र कमान्ड–एन्ड–कन्ट्रोल प्रणालीले हवाई खतराबाट जोगाउन मद्दत गर्ने जनाएको छ ।

प्याकेजमा गोला बारुद, प्रशिक्षण र सम्बन्धित सहयोगका लागि लगभग ३३ करोड डलर छुट्याएकोमा ठूलो मात्रामा शेल र एयर डिफेन्स राउन्डहरू खरिद गरिएको छ ।

नवीन पहलमा, आर्थिक योगदान र नागरिक रक्षा, लामो दूरीको ड्रोनमा युक्रेनसँग विस्तारित सहयोग र मानव रहित जहाजहरू समावेश गर्ने परियोजनाहरूको लागि वित्तपोषण गरिएको छ ।

स्विडेनले आफ्नो सशस्त्र सेनाबाट केही उपकरणहरू दान गर्ने जनाएको छ जसमा सहायक उपकरण र गोलाबारुदसहित रिकिललेस राइफलहरू समावेश छन् भने प्रतिस्थापन खरीद र यातायातका लागि रकम उपलब्ध गराइनेछ ।

स्विडेनले युक्रेनलाई सैन्य समर्थन प्याकेज प्रदान गरेको स्विडेनका रक्षामन्त्री पाल जोन्सनले सामाजिक सञ्जाल एक्स मार्फत बताएका छन् । उनले युक्रेनको सबैभन्दा जरुरी आवश्यकताहरू पूरा गर्न भर्खरै निर्मित हवाई रक्षा प्रणाली, लामो दूरीको क्षमता र गोला बारुदमा ध्यान केन्द्रित गरिएको बताए।

पछिल्लो प्याकेजसहित रूस–युक्रेन द्वन्द्व सुरु भए देखि युक्रेनलाई स्विडेनको सैन्य सहयोग लगभग ११ अर्ब ३० करोड डलर पुगेको जनाइएको छ ।

मस्कोले बारम्बार युक्रेनलाई पश्चिमी हतियार आपूर्तिले द्वन्द्व समाधान गर्ने प्रयासमा बाधा पुर्‍याएको बताएको छ भने रुसी विदेशमन्त्री सेर्गेई लावरोभले युक्रेनका लागि हतियार भएको कुनै पनि कार्गो रुसी सेनाको निसाना बन्ने चेतावनी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्