Trending
बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |    
समाचार

आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

८ फाल्गुन २०८२, शुक्रबार १५:१२

काठमाडौं । पर्यटकीय नगरी इलाममा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको ‘फ्रेन्ड्स सिनेमा’ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शुक्रबार एक भव्य समारोहका बीच इलाम नगरपालिका–७ स्थित नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो ।

नयाँ हलको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह, चर्चित अभिनेत्री उषा उप्रेती र द्वन्द्व निर्देशक तथा निर्माता चन्द्र पन्तको विशेष उपस्थिति रहेको थियो ।

आफ्ना प्रिय कलाकारलाई नजिकैबाट देख्न पाउँदा इलामेली दर्शकहरूको उत्साह हेर्नलायक थियो । हल परिसरमा दर्शकको बाक्लो उपस्थिति र हुटिङले कार्यक्रम निकै उत्सवमय बनेको थियो ।

करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यो हलमा १८८ सिट क्षमता रहेको छ । नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको यस सिनेमा हलमा विश्वस्तरीय प्रविधि प्रयोग गरिएको छ ।

फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार हलमा ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ, जसले गर्दा दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा पाइने जस्तै गुणस्तरीय ध्वनि र चित्रको अनुभव लिन पाउनेछन् ।

सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष तामाङले इलामका दर्शकहरूलाई एउटा पारिवारिक र सुविधासम्पन्न वातावरणमा फिल्म हेर्ने अवसर प्रदान गर्न यो हल सञ्चालनमा ल्याइएको बताएका छन् ।

अध्यक्ष धामीले भने, “हाम्रो लक्ष्य भनेकै मोफसलका दर्शकलाई राजधानीको स्तरको सेवा दिनु हो । अब इलामका फिल्म प्रेमीहरूले गुणस्तरीय सिनेमा हेर्नकै लागि झापा झर्नुपर्ने बाध्यता अन्त्य भएको छ । हामीले अत्याधुनिक प्रविधिसँगै आरामदायी बस्ने व्यवस्था र पारिवारिक वातावरणलाई प्राथमिकता दिएका छौँ ।”

इलाममा स्तरीय सिनेमा हलको अभाव खड्किरहेका बेला फ्रेन्ड्स सिनेमाको आगमनले स्थानीय मनोरञ्जन क्षेत्रमा नयाँ इँटा थपेको छ । यो हल सञ्चालनमा आएसँगै नयाँ नेपाली चलचित्रहरू देशभर रिलिज भएकै दिन इलाममा पनि प्रदर्शन हुनेछन् । यसले गर्दा स्थानीय बासिन्दा मात्र नभई इलाम घुम्न आउने पर्यटकहरूका लागि पनि मनोरञ्जनको एउटा राम्रो गन्तव्य थपिएको छ ।

फ्रेन्ड्स सिनेमाले आगामी दिनमा देशका अन्य सहरहरूमा पनि आफ्नो चेन विस्तार गर्ने योजना बनाएको जानकारी दिएको छ ।

फ्रेन्डस् सिनेमाका डाइरेक्टर आशिस एच तामाङले सम्भव भएसम्म अन्य जिल्लामा पनि हल विस्तार गर्ने योजना रहेको बताए । नेपाली चलचित्रको बजार विस्तार गर्ने हो भने पहिला घरेलु बजार नै बढाउँदै लैजानु पर्ने उनको धारणा छ ।

अहिले पनि ठूला सहरमा बस्नेबाहेकका दर्शकलाई हलमा चलचित्र हेर्न वातावरण नरहेको भन्दै तामाङ जिल्ला–जिल्लामा सानासाना सिनेमा घर खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरभन्दा माथि बढ्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्