Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

बाढी पहिरो क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने देखियो : मन्त्री दाहाल

१८ आश्विन २०८१, शुक्रबार ०९:५९

१८ असोज, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले हालै गएको बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि सो रकम लाग्ने अनुमान गरिएको बताए ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै उनले व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।

मन्त्री दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्ग खुलाउन काम तीव्ररुपमा भइरहेको र यसका लागि भाडामा निजी निर्माण उपकरण लिएर समेत काम भइरहेको जानकारी दिए ।

उहाँले हवाई जहाज कम्पनीले अत्याधिक भाडा लिएको गुनासो आएको र त्यसो नगर्न आग्रह गरेको बताए। बैठकमा सांसद्हरुले छिटोभन्दा छिटो राजमार्ग खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्