Trending
अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ     |     गगन थापा र चौथाइवालेबिच भेटवार्ता     |     जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह     |     निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु     |     नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह     |     सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला     |     बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने     |     वरदान बन्दै त्रिविको अनलाइन कक्षा     |     सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ     |     अमेरिका गएका अध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा तालाबन्दी     |    
समाचार

मधेश सरकारले दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गर्ने

१८ आश्विन २०८१, शुक्रबार १०:०४

१८ असोज, काठमाडौं।  मधेश प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेश प्रदेश सरकारलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार बोलाएको प्रदेश गठबन्धन दलको बैठकमा उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले असोज १२ र १३ गते लगातार र तीव्र बर्खाका कारण आएको बाढी, पहिरो र डुबान आदिका प्रभावित परिवारलाई राहत दिनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो रकम दिन सरकारसँग सरकारसँग आग्रह गरेको हो ।

लोसपा प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले गठबन्धनको बैठकले उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्न सरकारलाई आग्रह गरेको बताए।

त्यस्तै गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेको छ। प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको संख्या, पदाधिकारीको कार्यअवधि, कामकाजको प्रभावकारितालगायतका विषयमा अध्ययन र मूल्यांकन गर्न समिति गठन भएको हो।

सो समितिमा नेकपा एमालेबाट प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, नेपाली काँग्रेसबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीबाट प्रदेशसभा सदस्य सञ्जय कुमार यादव सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्