Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
समाचार

मधेश सरकारले दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गर्ने

१८ आश्विन २०८१, शुक्रबार १०:०४

१८ असोज, काठमाडौं।  मधेश प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेश प्रदेश सरकारलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार बोलाएको प्रदेश गठबन्धन दलको बैठकमा उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले असोज १२ र १३ गते लगातार र तीव्र बर्खाका कारण आएको बाढी, पहिरो र डुबान आदिका प्रभावित परिवारलाई राहत दिनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो रकम दिन सरकारसँग सरकारसँग आग्रह गरेको हो ।

लोसपा प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले गठबन्धनको बैठकले उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्न सरकारलाई आग्रह गरेको बताए।

त्यस्तै गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेको छ। प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको संख्या, पदाधिकारीको कार्यअवधि, कामकाजको प्रभावकारितालगायतका विषयमा अध्ययन र मूल्यांकन गर्न समिति गठन भएको हो।

सो समितिमा नेकपा एमालेबाट प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, नेपाली काँग्रेसबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीबाट प्रदेशसभा सदस्य सञ्जय कुमार यादव सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्