Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
खेलकुद

एशिया रग्बीको पहिलो खेलमा नेपालको पुरुष र महिला टोली पराजित

१८ आश्विन २०८१, शुक्रबार १०:१०

१८ असोज, काठमाडौं। एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२-० को स्कोरमा पराजित भएको हो। यसअघि नेपालको पुरूष टिम उज्वेकिस्तानसँग २४-० को स्कोरमा पराजित भएको थियो।

यस्तै पुरुषको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजकिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताइपेई र श्रीलङ्का छन् ।

महिलातर्फ आयोजक नेपालसहित फिलिपिन्स, भारत, ग्वाम, श्रीलङ्का, इरान, उज्वेकिस्तान र इन्डोनेसिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्