Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

शीतल पाण्डेको प्रस्तुति ‘गाली नि मीठो’ सार्वजनिक

२२ बैशाख २०८३, मंगलवार २१:१७

काठमाडौँ। लोक–पप शैलीमा तयार गरिएको डान्सिङ गीत ‘गाली नि मीठो’ शनिबार सार्वजनिक भएको छ।

शीतल पाण्डेको प्रस्तुति रहेको यो गीत वरिष्ठ गीतकार राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत लोकप्रिय सङ्गीतकार दीपक शर्माले दिएका छन् ।

गीतमा अधिवक्ता समेत रहेकी शीतल पाण्डे र मदन खनालको स्वर छ । एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतको भिडियोमा मोडल लोमश शर्मा र विना राउतले अभिनय गरेका छन् ।

त्यस्तै भिडियोको निर्देशन केशव राज भट्टले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्