Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पठनपाठन थालनी

१२ जेष्ठ २०८३, मंगलवार ०९:०७

काठमाडौँ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम–एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ। ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन्।

संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा.डा. देवेन्द्रबहादुर खत्रीले भने, ‘विद्यावाधि तह डिएम–एम सिएसतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एमसिएस युरोलोजी विषयमा पठनपाठन गर्न स्वीकृति प्राप्त भएको छ। अब छिट्टै पठनपाठन थालनी हुने छ।’

संस्थानअन्तर्गत हाल स्नातक तहमा पाँच कार्यक्रम (एमबिबिएस, बिपिएच, विएस्सी एमएलटी, बिएनएस विएस्सी तथा नर्सिङ कार्यक्रम) सञ्चालित छन् भने स्नातकोत्तर तह एमडी–एमएसतर्फ १८ विषय तथा एएनतर्फ विभिन्न पाँच विषयको पठनपाठन हुँदै आएको छ।

हाल स्नातक विषयमा एक हजार २ सय १५ र स्नातकोत्तर तहअन्तर्गत विभिन्न विधामा २ सय ६५ विद्यार्थी अध्ययनरत छन्। ती स्नातक विषयमा एक हजार ५ सय ९२ विद्यार्थी दीक्षित भएका छन्।

निर्देशक उपरथी खत्रीका अनुसार स्वास्थ्य विज्ञान संस्थानमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका शैक्षिक कार्यक्रमको सञ्चालन गरिएसँगै संस्थानद्वारा सञ्चालित शिक्षण अस्पताल वीरेन्द्र अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ।

लाइसेसिङ परीक्षामा शतप्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलद्वारा विसं २०८२ सञ्चालन भएको ‘लाइसेसिङ’ परीक्षामा संस्थानका ‘एमबिबिएस’तहका ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

यसैगरी नेपाल हेल्थ प्रोफेशनल काउन्सिलबाट लिइएको ‘लाइसेसिङ’ परीक्षामा बिपिएच तथा एमएलटी कार्यक्रमका र नेपाल नर्सिङ काउन्सिलद्वारा सञ्चालित ‘लाइसेसिङ’ परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्णसफल भएका थिए। यो उत्तीर्ण हुनेमा संस्थान पहिलो भएको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्