Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

गोरखा मिडिया नेटवर्कलाई घर खाली गर्न १५ दिने सूचना

१२ जेष्ठ २०८३, मंगलवार १०:१९

काठमाडौँ। काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्कअन्तर्गत ग्यालेक्सी टेलिभिजनलाई १५ दिनभित्र भाडा बक्यौता भुक्तान गर्न अल्टिमेटम दिएको छ।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले आज सार्वजनिक सूचना प्रकाशित गर्दै गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ‘ग्लेक्सी फोरके टेलिभिजन’ रहेको घर खाली गर्नको लागि सञ्चालकका नाममा १५ दिने सूचना जारी गरेको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित बालुवाटारमा मृगेन्द्रप्रसाद मिश्रको घर भाडामा लिएर गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दै आएको थियो।

अदालतले २८ साउन २०८२ मै घरजग्गाको बहाल रकम असुल उपर गरी घर खाली गर्न आदेश दिएको थियो।

त्यतिबेला अदालतले काठमाडौँ महानगरको न्यायिक समितिको नाममा पनि परमादेश जारी गरेको थियो। सोही अनुसार महानगरले गोरखा मिडिया नेटवर्कको नाममा घर खाली गर्न १५ दिने सूचना जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्