Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

डीडीसीमाथि सीआईबीको अनुसन्धान, खरिद-बिक्रीका कागजात नियन्त्रण

१३ जेष्ठ २०८३, बुधबार २०:०५

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुग्ध विकास संस्थान (डीडीसी) माथि अनुसन्धान सुरु गरेको छ।

ब्युरोको टोलीले बुधबार लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा पुगेर कागजात नियन्त्रणमा लिएको हो।

यसक्रममा डीडीसीको दुग्धजन्य पदार्थको खरिद-बिकीसम्बन्धी कागजात नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए। “डीडीसीसम्बन्धी केही अनुसन्धान गर्नुपर्ने देखिएकाले हाम्रो टोलीले विवरण संकलन गरेको हो,” श्रेष्ठले भने, “प्रारम्भिक अनुसन्धानको विषय भएकाले अन्य विवरण पछि सार्वजनिक गर्छौं।”

डीडीसी नेपालको सरकारी स्वामित्वको दूग्ध संस्था हो। यसले देशभर दूध संकलन, प्रशोधन, वितरण तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने काम गर्छ। किसानबाट दूध खरिद गरी उपभोक्तासम्म सुरक्षित र गुणस्तरीय दुग्ध पदार्थ पुर्‍याउने उद्देश्यअनुरूप डीडीसीले कार्य गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्