Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो

१४ जेष्ठ २०८३, बिहीबार १४:०३

काठमाडौँ। नेपाली काँग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष पदबाट हटाइएका छन्। गुल्मीका दुई स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले सूचना जारी गरेको हो।

मुसिकोट नगरपालिका-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पदमा बहादुर विष्ट पदमुक्त भएका हुन्।

दुवै जना पछिल्लो समय काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको विवरण सार्वजनिक भएको थियो।

दल परिवर्तनसम्बन्धी आन्तरिक निर्णय र केन्द्रीय कार्यसम्पादन समितिको सिफारिससहितको कागजात निर्वाचन आयोगमा प्राप्त भएपछि आयोगले उनीहरूको पद रिक्त भएको औपचारिक जानकारी गराएको हो।

प्रतिक्रिया दिनुहोस्