Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

कांग्रेस नीति प्रतिष्ठानद्वारा विषयगत उपसमिति गठन

१४ जेष्ठ २०८३, बिहीबार १४:०८

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले सातवटा विषयगत उपसमिति गठन गरेको छ ।

बुधबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले बैठकले सातवटा विषयगत उपसमिति गर्दै संयोजकहरू चयन गरेको हो ।

जसमध्ये नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्रा.डा.गोविन्दराज पोख्रेल र जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएका छन्

यसैगरी, नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद एवं समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम र अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् ।

यस्तै, बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाह : नीति र थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल र गैर सरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन छन् ।

बैठक पार्टीका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा तथा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्