Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

१४ जेष्ठ २०८३, बिहीबार १८:२३

काठमाडौँ। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज  खेलमा नेपालले इन्डोनेसियामाथी चार विकेटको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा  नेपालले चीनमाथि १९ रनको शानदार जित हात पारेको थियो । आजको खेलमा इन्डोनेशियाले  नेपाललाई जितका लागि  ११४ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु वर्माले अविजित ४२ रनको महत्वपूर्ण इनिङ्स खेलिन् । सोनी पाखरिनले २९ तथा सीता रानामगरले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित १३ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो । इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५६ रन बनाइन् । त्यस्तै  भने नि लुह देवीले २३ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा नौ रन खर्चेर दुई विकेट लिइन् । त्यस्तै रिया शर्माले एक विकेट हात पारिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी इन्दु वर्मा प्लेयर अफ द म्याच घोषित भइन् । रासस

प्रतिक्रिया दिनुहोस्