Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स

१५ जेष्ठ २०८३, शुक्रबार १३:५४

काठमाडौँ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै वासिङ्टन व्यापक सम्झौताबाट ‘धेरै नजिक’ रहेको दाबी गरेका छन् ।

उनका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्नेछ ।

मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै भान्सले हालसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरे । उनले अन्तिम सहमति भएमा हर्मुज जलघाँटी पुनः खुल्ने, इरानको परम्परागत सैन्य संरचनामा गम्भीर असर पर्ने र आणविक कार्यक्रममाथि उल्लेखनीय नियन्त्रण सम्भव हुने बताए ।

यद्यपि प्रक्रिया अझै पूरा नभइसकेको उल्लेख गर्दै उहाँले वार्ता जारी रहेको र सहमतितर्फको दूरी निकै कम भएको सङ्केत दिए ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आर्थिक दबाब र सुरक्षा रणनीतिले इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको दाबी गरेका छन्।

ह्वाइट हाउस ब्रिफिङमा उनले यसअघिका प्रशासनले हासिल गर्न नसकेको विषय ट्रम्प प्रशासनले सम्भव बनाएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्