Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाने

१७ जेष्ठ २०८३, आईतवार २२:३२

काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सोमबार भारत भ्रमणमा जाने भएको छ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको भ्रमणबारे भाजपाले आइतबार औपचारिक जानकारी सार्वजनिक गरेको हो।

भ्रमणका क्रममा रास्वपा टोलीले नयाँदिल्लीमा भाजपा अध्यक्ष नवीनसहित वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। पार्टी स्रोतका अनुसार लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।

नेपाल–भारत सम्बन्धका विषयमा चासो बढिरहेका बेला हुन लागेको यस भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भाजपाले जारी गरेको विज्ञप्तिमा रास्वपा र भाजपाबीच पार्टीगत सम्बन्ध सुदृढ गर्ने, संगठनात्मक अनुभव आदानप्रदान गर्ने तथा लोकतान्त्रिक अभ्यासबारे छलफल गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्