Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने निश्चित

१७ जेष्ठ २०८३, आईतवार २२:३६

काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको एक प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने निश्चित भएको छ।

भाजपाका अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको टोली सोमबार भारत जान लागेको हो।

भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भ्रमणको पुष्टि गरेका हुन् ।

नयाँ दिल्लीमा रहने क्रममा रास्वपाको टोलीले भाजपाका राष्ट्रिय अध्यक्ष नीतिन नबिन र अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले बताए ।

यो भ्रमणको मुख्य उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टी र भारतीय जनता पार्टीबीच ‘पार्टी-टू-पार्टी’ (दुई पार्टीबीचको) औपचारिक सम्बन्ध र सहकार्यको सुरुवात गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ।

भ्रमणका क्रममा दुवै देशका राजनीतिक दलका प्रतिनिधिहरूले सांगठनिक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँच (पिपल सेन्ट्रिक पोलिटिकल आउटरिच) का विषयमा विस्तृत रूपमा विचार आदानप्रदान गर्नेछन्।

दुई दलबीच हुने यस संवादले सांगठनिक ढाँचा र राजनीतिक कार्यशैली बुझ्न एकअर्कालाई अवसर प्रदान गर्ने विश्वास गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय जनता पार्टीले रास्वपाको यस प्रतिनिधिमण्डललाई स्वागत गर्दै यो भ्रमण दुई देशका राजनीतिक दलहरूबीच रचनात्मक संवादका लागि फलदायी हुने विज्ञप्तिमार्फत अपेक्षा राखेको छ।

प्रतिक्रिया दिनुहोस्