Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

ललितपुरका तीन गाउँपालिका क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुन सकेन

१८ आश्विन २०८१, शुक्रबार १५:३४

१८ असोज, काठमाडौँ। असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले दक्षिण ललितपुरका तीन गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

यहाँ विद्युत्का खम्बा तथा ट्रान्सफर्मरमा क्षति पुगेकाले आठ दिनदेखि विद्युत् अवरुद्ध भएको हो । महाङ्काल गाउँपालिकाका धामी, टुङ्गुन र मसानखोलामा आएको बाढीले सय केबिएको ट्रान्सफर्मर बगाउनुका साथै १५ वटा विद्युत्का पोल काम नलाग्ने गरी क्षति पुर्‍याएको छ । कोञ्ज्योसोम र बागमती गाउँपालिकामा पनि बाढीले विद्युत्का पोल बगाएको र क्षति पुगेको छ ।

ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द बजगाईंले यहाँ ७८ वटा पोल बाढीले बगाएको र सडकबाटो अवरुद्ध हुँदा पोल दुवानीमा समस्या भएकाले समयमै सेवा सञ्चालन गर्न नसकिएको बताए । “यहाँ सडकबाटो समेत अवरुद्ध भएकाले आवश्यक सामग्री ढुवानी गर्न नसक्दा समस्या भएको छ ।

यसकारण महाङकाल र बागमती गाउँपालिका क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न एक हप्ताभन्दा बढी समय लाग्न सक्ने प्राविधिकहरूको भनाइ छ । हामी सकेसम्म चाँडै सेवा सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्