Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

ललितपुरका तीन गाउँपालिका क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुन सकेन

१८ आश्विन २०८१, शुक्रबार १५:३४

१८ असोज, काठमाडौँ। असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले दक्षिण ललितपुरका तीन गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

यहाँ विद्युत्का खम्बा तथा ट्रान्सफर्मरमा क्षति पुगेकाले आठ दिनदेखि विद्युत् अवरुद्ध भएको हो । महाङ्काल गाउँपालिकाका धामी, टुङ्गुन र मसानखोलामा आएको बाढीले सय केबिएको ट्रान्सफर्मर बगाउनुका साथै १५ वटा विद्युत्का पोल काम नलाग्ने गरी क्षति पुर्‍याएको छ । कोञ्ज्योसोम र बागमती गाउँपालिकामा पनि बाढीले विद्युत्का पोल बगाएको र क्षति पुगेको छ ।

ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द बजगाईंले यहाँ ७८ वटा पोल बाढीले बगाएको र सडकबाटो अवरुद्ध हुँदा पोल दुवानीमा समस्या भएकाले समयमै सेवा सञ्चालन गर्न नसकिएको बताए । “यहाँ सडकबाटो समेत अवरुद्ध भएकाले आवश्यक सामग्री ढुवानी गर्न नसक्दा समस्या भएको छ ।

यसकारण महाङकाल र बागमती गाउँपालिका क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न एक हप्ताभन्दा बढी समय लाग्न सक्ने प्राविधिकहरूको भनाइ छ । हामी सकेसम्म चाँडै सेवा सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्