Trending
हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |     रोयल च्यालेन्जर्स बेङलुरुलाई आईपीएलको उपाधि     |     संसद बैठक आज बस्दै, बजेटमाथि छलफल हुने     |     भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने निश्चित     |     रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाने     |     लफडाबिच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित भएको घोषणा     |     सोमबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना     |     संगीत र सद्भावको संगम, मनमाया पंगेनीको नयाँ गीत विमोचित     |     कुन आयोजनामा कति बजेट विनियोजन ?     |     सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गर्ने सरकारको योजना     |    
खेलकुद

रोयल च्यालेन्जर्स बेङलुरुलाई आईपीएलको उपाधि

१८ जेष्ठ २०८३, सोमबार ०७:३२

काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।

आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ब्यांग्लोरले उपाधि रक्षा गरेको हो।

बेंगलुरुले पहिलो क्वालिफायरमा पनि गुजरातलाई ९२ रनले हराएको थियो। गुजरातले दिएको १५६ रनको लक्ष्य ब्यांग्लोर १२ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो।

बैग्लुरुका लागि विराट कोहली ७५ रनमा अविजित रहे। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। जितेश शर्मा ११ रनमा नटआउट रहे। टिम डेविडले २४ र कप्तान रजत पाटिदारले १५ रन थपे।

त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गुजरातको सुरुआत खराब रह्यो। तर, वाशिंगटन सुन्दरको इनिङ्सले टोलीलाई सम्मानजनक स्कोर बनाउन मद्दत गर्‍यो।

गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो। सुन्दरले अविजित ५० रन बनाए। कप्तान शुभमन गिल (१२) र साई सुदर्शन (१०) चाँडै आउट भए। निशान्त सिन्धु (२०), जोस बटलर (१९), अर्शद खान (१५) र राहुल तेवाटिया (७) ले पनि उल्लेखनीय योगदान दिन सकेनन्।

बैंग्लोरका रसिक सलामले सर्वाधिक तीन विकेट लिए। भुवनेश्वर कुमार र जोश हेजलवुडले दुई-दुई विकेट लिए।

आईपीएलको सर्वााधिक उपाधि जित्नेमा पनि चेन्नई र मुम्बई अगाडि छन् । दुवैले ५-५ पटक उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १-१ उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्