Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट

१९ जेष्ठ २०८३, मंगलवार १८:३२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका सभापति लामिछाने र विदेशमन्त्री जयशंकरबिच दिल्लीमा भेट भएको हो।

छलफल विकास साझेदारी र जनस्तरको सम्बन्धमा केन्द्रित रहेको विदेशमन्त्री जयशंकरले सामाजिक संजालमार्फत जानकारी दिएका छन्।

‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग आज दिल्लीमा भेट्न पाउँदा खुसी लाग्यो।

हाम्रो छलफल विकास साझेदारी र जनस्तरको सम्बन्धमा केन्द्रित रह्यो। विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यिनको भूमिका महत्त्वपूर्ण रहन्छ,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्