Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँचजना पक्राउ

२० जेष्ठ २०८३, बुधबार १९:२१

काठमाडौं। प्रहरीले हात्तीको दाह्रासहित पाँच जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हात्तीको दाह्रासहित पाँच जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा राजिव महर्जन, आयुष महर्जन, टेकप्रसाद गुरूङ, पुरन बोहोरा र सन्तबहादुर भुजेल छन् । उनीहरूलाई मनमैजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार विक्री वितरण तथा सञ्चय गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले हात्तीको दाह्राको टुक्रा बनाएर खाली जग्गामा गाडेर राखेका थिए । उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२१ बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्