Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान

२१ जेष्ठ २०८३, बिहीबार १९:०७

तेहरान। सम्झौताका लागि लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले अघि सारेको एक प्रमुख शर्त रहेको तेहरानले जनाएको छ ।

इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको ‘इस्लामिक रिभोलुसनरी गार्डस्’ को विदेशी शाखा कुद्स फोर्सका प्रमुखले बिहीबार बताउनुभएको हो ।

इजरायलले लेबनानमा तेहरानको सहयोगी हेजबुल्लाहविरूद्ध हवाइ कारबाही चलाइरहेको छ भने इरानमा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमण भएदेखि नै हेजबुल्लाह समूहले इरानको समर्थनमा इजरायलमाथि पटक पटक आक्रमण गर्दै आएको छ ।

“लेबनानमा प्रतिरोधलाई समर्थन गर्नु हामी सबैको कर्तव्य हो र यस क्षेत्रबाट इजरायललाई हटाउनु मुसलमानहरूको लागि एक साध्य लक्ष्य हो,” रिभोलुसनरी गार्डस् ’को विदेशी शाखाका प्रमुख इस्माइल कानीले इरानी सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भन्नुभयो ।

“प्रतिरोधको न्यूनतम माग भनेको इरानमा ४० दिने युद्ध सुरु हुनुभन्दा पहिले लेबनानमा रहेको स्थितिमा इजरायललाई फर्कन सहमत गराउनु हो।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्