Trending
विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |     २४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |    
समाचार

यी हुन् गृहमन्त्री भएलगत्तै सुधन गुरुङले गरेका चार निर्णय

२६ जेष्ठ २०८३, मंगलवार २२:०३

काठमाडौं। गृहमन्त्रीमा कमब्याक गरेलगत्तै सुधन गुरुङले चारवटा महत्त्वपूर्ण निर्णय गरेका छन् । आज पदभार ग्रहणपछि पत्रकार सम्मेलन गर्दै उनले आफ्नो निर्णयबारे जानकारी गराए ।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । कार्यदलले मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन दिने उनको भनाइ थियो ।

गुरुङले २०५८ सालमा भएको दरबार हत्याकाण्डको थप छानबिन गर्नेसमेत घोषणा गरेका छन् । यो उनको दोस्रो निर्णय हो । राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम गर्ने गृहमन्त्रीको अर्को निर्णय छ । यस्तै, उनले नेपाल प्रहरी अन्तरगत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइलहरूलाई शीघ्र टुंगोमा पुर्‍याउन निर्देशन दिइने बताए ।

गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुसार विशिष्टीकृत समूह गठन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्