Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु

२६ जेष्ठ २०८३, मंगलवार २२:०६

काठमाडौं। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबार पुगेर जिम्मेवारी सम्हालेका हुन्।

जिम्मेवारी सम्हालेपछि उनले आफू दिनरात नभनी काम गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘यो विज्ञान प्रविधिको विकासको लागि ढिलो–ढिलो हिँडेर ठाउँमा पुगिँदैन। एकदम द्रुत गतिमा रात–दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ पनि।’

उनले सरकारको कार्यकाल ५ बर्ष भएपनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने बताए। उनले थपे, ‘मैले अब जे जति गर्न सकिन्छ, सकेसम्म रात–दिन काम गर्छु। यो सरकार ५ वर्षको हो। म बढीमा ३ वर्ष बस्ने यहाँ घोषणा गर्छु।’

उनले तीन वर्षमा मन्त्रालयमा राम्रो जग बसाले नयाँ युवा नेताहरूलाई हस्तान्तरण गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्