Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

२८ जेष्ठ २०८३, बिहीबार १३:५५

एजेन्सी। उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ ।

बसले इस्लामाबाद–मुर्री एक्सप्रेसवेमा खाजोट क्षेत्र नजिकै मोडमा नियन्त्रण गुमाएर दुर्घटना भएको उल्लेख गदै प्रहरीले विज्ञप्ति जारी गरेको छ । दुर्घटनाको समयमा सडकको किनारामा खस्नु अघि बसमा आगलागीसमेत भएको प्रहरीले पुष्टि गरेको छ ।

सबै पीडितहरू एउटै परिवारका रहेको उल्लेख गदै उनीहरु मुल्तान सहरबाट मुर्रीको यात्रामा गरिरहेका र यात्रुहरूमा अधिकाशं बालबालिका रहेको बताइएको छ ।

पाकिस्तानी अधिकारीहरूले दुर्घटनाको र कारण पहिचान गर्न अनुसन्धान सुरु गरिरहेको जनाइएका छन् । (रासस/क्यूएनए)

प्रतिक्रिया दिनुहोस्