Trending
सुनचाँदीको मूल्य बढ्यो     |     अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार     |     सार्वजनिकस्थलमा विश्वकप खेल प्रत्यक्ष प्रसारण गर्न प्रशासनको अनुमति अनिवार्य     |     विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ     |     आजबाट फिफा विश्वकप २०२६ सुरु     |     सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह     |     पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते     |     नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल     |     समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको बचत फिर्ता     |     पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु     |    
समाचार

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

२८ जेष्ठ २०८३, बिहीबार १३:५८

काठमाडौँ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताएका हुन् ।

‘म संविधानको हस्ताक्षर गरेको माननीय हो तर संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारमा किन कसरी कर लिन पाइन्छ ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्