Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सार्वजनिकस्थलमा विश्वकप खेल प्रत्यक्ष प्रसारण गर्न प्रशासनको अनुमति अनिवार्य

२८ जेष्ठ २०८३, बिहीबार २०:५४

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सार्वजनिक स्थलमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघसंस्था तथा कम्पनीलाई पूर्वस्वीकृति लिन अनिवार्य गरेको छ।

कार्यालयले शुक्रबार सूचना जारी गर्दै विश्वकपका खेलहरू ठूलो पर्दामार्फत सामूहिक रूपमा प्रदर्शन गर्दा भीडभाड भई शान्ति सुरक्षा तथा सार्वजनिक व्यवस्थामा असर पर्न सक्ने भएकाले अनुमति लिएर मात्र कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार खेलको प्रत्यक्ष प्रसारण गर्न इच्छुक संघसंस्था वा कम्पनीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पूर्वस्वीकृति लिनुपर्नेछ । स्वीकृतिका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।

कार्यालयले निवेदनमा उल्लेख गरिएका शर्त तथा कार्यक्रम सञ्चालन हुने स्थानको सुरक्षा संवेदनशीलताको मूल्याङ्कन गरी अनुमति प्रदान गरिने जनाएको छ।

यस्तै, प्रशासनले अनुमति नलिई रातिको समयमा विश्वकप खेलको प्रत्यक्ष प्रसारणका नाममा भिडभाड गर्ने, अमर्यादित, उच्छृङ्खल वा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्