Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी

३१ जेष्ठ २०८३, आईतवार १९:१८

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध जनसंगठन जनसांस्कृतिक महासंघको संयोजकमा भीम कुमाखी र सहसंयोजकमा अष्ट लामा चयन भएका छन् । शनिबार सम्पन्न एकता राष्ट्रिय सम्मेलनबाट उनीहरु चयन भएका हुन् ।

साविक नेकपा एससँग सम्वद्ध जनसांस्कृति महासंघका मुख्य नेताहरु एकतामा सामेल नभएपछि तत्कालीन माओवादी केन्द्र सांस्कृतिक तथा साहित्यकर्मीको महासंघमा वर्चस्व देखिएको छ । सम्मेलनले ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति र ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति गठन गरेको छ ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा कला, साहित्य तथा संस्कृति विभागका केन्द्रीय संयोजन समितिका सदस्य गंगानारायण श्रेष्ठ, महासंघका इञ्चार्ज चिरन पुन, सहइञ्चार्ज उदय श्रेष्ठ, महासंघका पूर्वइञ्चार्ज डा. गोपाल ठाकुर, नेकपा जनवर्गीय सङ्गठन समन्वय मोर्चाका उपप्रमुख बलराम बाँस्कोटा, जनसांस्कृतिक महासङ्घका पूर्व अध्यक्ष मातृकाप्रसाद पोखरेलसहितको उपस्थिति थियो ।

सम्मेलनमा कलाकारहरू उदय श्रेष्ठ ,झङ्कार बुढा, कर्ण विद्रोही, धनु ज्ञयामी, दीपक राई, एलिना, डम्बर रोकाया, पुजा श्रेष्ठलगायतले गीत प्रस्तुत गरेका थिए । कवि राजाराम राउतले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्