Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

गोरखामा डेंगुले महिलाको मृत्यु

१९ आश्विन २०८१, शनिबार ०२:२५

१९ असोज, काठमाडौँ। गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए ।

गत भदौ १० गते एपोलो अस्पताल गोरखामा जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उनको उपचार भएको थियो। स्वास्थ्यमा सुधार नभएका कारण थप उपचारका लागि भरतपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार उनको मृत्यु भएको कार्यालयले जनाएको छ।

गोरखामा अहिलेसम्म २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताए । उनका अनुसार साउन १ गते देखि भदौ महिनासम्म ४२२ जनामा डेंगु रोग सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्